भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काठमाडौंबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौंबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं । एमसीसीको विरोधमा बन्द गराउँन निस्केका २३ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ परेका छन् । बुधबार बिहान पक्राउ पर्नेमा २ महिला सहित २३ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको हो ।

कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन लागेको बेला ५० वर्षीय मंगलबहादुर मोक्तान लगायतकालाई पक्राउ गरिएको प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए। बन्दको डरले मानिसहरुको चहलपहल कम भएको उनको भनाइ छ ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.