काठमाडौंमा ४ जनप्रतिनिधि निर्विरोध निर्वाचित

काठमाडौंमा ४ जनप्रतिनिधि निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौं महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १, १ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । यसरी निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली र २७ की प्रभा परियार निर्विरोध भएकी हुन् ।

वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो । वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.