काठमाडौं । पछिल्लो समय घटिया अभिव्यक्तिमा अग्रसर दुबै नेकपा सडक र सरकारमा छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान जनक शब्द प्रयोग गरेका छन् ।
सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञा दिदै ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रम अपमानिन शब्द प्रयोग गरेका हुन् ।
संसद पुन स्थाना गर्ने कुनै ठाउँ नभएको भन्दै ओलीले भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढाे मान्छेलाई ?‘। अधिवक्ता एवं ज्येष्ठ नागरिक भण्डारीलाई ‘बाजे’ भनेर अपमानित गरेका हुन ।
