काठमाडौँ । काभ्रेपलाञ्चोकको मंगलटारमा ठूलो बम विष्फोट भएको छ । म विस्फोट भएको आशंकापछि बीपी राजमार्गमा सवारी रोकेर अनुसन्धान थालिएको डीआईजी वसन्त लामाले जानकारी दिए ।
यता बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार बिहान (आज) ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा ‘विप्लव’ नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ । उसैले ठाउँ ठाउँमा बम राखेको प्रहरीको आशंका छ । कञ्चन लगायत पक्राउ गरेका नेता तथा कार्यकर्तालाई विना शर्त रिहा गर्न माग विप्लव नेकपाले गरेको छ । उनीहरुलाई रिहा नगरे देश भूमरीमा फस्ने पनि चेतावनी दिएको छ ।
