काठमाडौं । नागरिकता विधेयकबारे कानूनिवद्सँग आज राष्ट्रपति रामचन्द्र पौडेलले परामर्श गर्दै छन् ।
राष्ट्रपति पौडेलले कानुनविद्सँग परामर्श गर्न लागेको सचिवालयले जनाएको छ ।
अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न मानेकी थिइनन् ।
तर सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।
यता प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए ।
त्यस लगत्तै राष्ट्रपतिले कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
