काभ्रे । राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ। २०७७ फागुन ६ गतेदेखि सुरु भएको अभियान २०७८ असोज २१ गते सम्पन्न भएको हो। जिल्लामा हालसम्म २ लाख ८ हजार जनाले विवरण भरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।
चौरीदेउराली गाउँपालिकाले लक्ष पुरा गर्न नसकेको पोखरेलको भनाइ छ। चौरीदेउरालीले ६४ प्रतिशत, बनेपामा ३० हजार १ सय ९२ जनाले विवरण भरेको, रोशी गाउँपालिकामा १२ हजार ७ सय ६९, खानीखोला गाउँपालिकामा ४ हजार ९ सय ६८, महाभारत गाउँपालिकामा ७ हजार ६ सय ८९ भरेका छन् ।
बेथानचोक गाउँपालिकामा १० हजार ९७, भुम्लु गाउँपालिकामा ९ हजार ६ सय ३, चौरीदेउराली गाउँपालिकामा ७ हजार ८ सय ९६, तेमाल गाउँपालिकामा ९ हजार २९ जनाले विवरण भरेका छन्। यता नमोबुद्ध नगरपालिकामा १८ हजार ६ सय ९५ जनाले परिचयपत्रका लागि फोटोसहितको विवरण भराएका छन् ।
धुलिखेलमा १८ हजार ३ सय ५८, मण्डनदेउपुर नगरपालिकामा १७ हजार ७ सय १२, पाँचखालमा २२ हजार ५ सय २२, पनौतीमा ३० हजार ३ सय ९९ र बनेपा नगरपालिकामा ३० हजार १ सय ९२ जनाले विवरण भरेका छन्।
