भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

कार दुर्घटनामा चारको मृत्यु

कार दुर्घटनामा चारको मृत्यु

रौतहट, । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु भइसकेको थियो । गाडीमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरुको साथबाट फेला परेको कागजात अनुसार मृतक सबै भारतीय नागरिक हुनसक्ने देखिएको उनले जानकारी दिए । दुर्घटनाग्रस्त कारलाई राति नै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलाउनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोररियाले बताए । प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको र चालकले पनि मदिरा सेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.