भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

कार धुने काममा लागेका भरत बिकले दुबईमा जिते ३५ करोडको चिठ्ठा

कार धुने काममा लागेका भरत बिकले दुबईमा जिते ३५ करोडको चिठ्ठा

काठमाडौं । दुबई पुगेर कार धुने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले १ करोड दिरामको चिठ्ठा जितेका हुन ।

यूएईको चर्चित मजुज चिट्ठा जित्ने भरत पहिलो नेपाली हुन ।

मासिक १३ सय रुपैयाँ दिराम तलवमा काम गर्ने विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेको गल्फ न्युजले स्टोरी बनाएको छ ।

भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने त्यो स्टोरीमा बताएका छन् ।

यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा उनले चिट्ठा जिते पनि कार धुने काम भने नछाड्ने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.