भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुदा तीन जनाको मृत्यु

हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुदा तीन जनाको मृत्यु

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।

राममन्दिर छेउको घरमा अक्सिजन प्लान्ट पड्केर आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले बताएकाे छ । उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय रहेको छ।

स्थानीय टंक घिसिङको घरबाट अचानक आगो फैलिएको बताइएकाे छ । आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

प्रहरीका अनुसार मृतकको पहिचान हुन सकेको छैन भने आगो निभाउनका लागि वारुणयन्त्र र पानी ट्याङ्कर प्रयोग गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.