भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना हुने

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना हुने

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने भएको छ । बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा राष्ट्रिय जनगणना– २०७८ मा जनगणना हुने तथ्याङ विभागले जनाएको छ । अनुमानसहितको नतिजा प्रकाशित गर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

विभागले उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको जनाएको छ । विभागका महानिर्देशकले भने, तीन वटा ‘विकल्प छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न नदिएको अवस्थामा सेना लगेर जनगणना गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल भइरहेको छ ।’

राष्ट्रिय जनगणनामा ४० हजार गणकले घर–घरमा पुगेर तथ्याङ्क लिनेछन् । हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छन् भने एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने छन् । जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन अनुरोध गरे ।

एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने जनाइएको छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ । अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।

विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने कार्यक्रम तय भएको श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.