काठमाण्डौ । किसानमारा उद्योगपतिका कारण मर्कामा परेका उखु किसानले भुक्तानीका लागि आन्दोलन चर्काएपछि बल्ल समस्याको हल खोज्ने प्रयास गरिएको छ ।
सर्वहारा वर्गका नारा लगाएर सत्तामा पुगेकाहरुले उल्टै किसानमारा शैली प्रस्तुत गरेपछि सबैभन्दा मारमा सर्वहारा वर्ग नै परेको छ । सरकारले किसानमारा उद्योगलाई कारवाही थाल्न लागेका बेला श्रीराम सुगर मिलले पुस ३ गतेदेखि भुक्तानी दिन थाल्ने जनाएको छ ।
आफूले भुक्तानी दिन बाँकी रहेको रकम सार्वजनिक गर्दै मिलले खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उत्त रकम पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता समेत उद्योगले गरेको छ ।
