भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केबलकार आजदेखि नियमित सञ्चालन, पर्यटककाे चहलपहल बढ्याे

केबलकार आजदेखि नियमित सञ्चालन, पर्यटककाे चहलपहल बढ्याे

काठमाडौं । आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । दशैँमा तीन दिन बन्द गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो ।

दशैँमा नवमी, दशमी र एकादशीका दिन कात्तिक ६,७ र ८ गते बन्द गरिएको थियो । केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएपछि मनकामना दर्शनका लागि आउँनेको भिड लागेको प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले बताए ।

गोरखाको शहीदलखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको

इच्छाकामना ४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरि २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

 


Thali Mobile Pvt.Ltd.