भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भलिबल टिमका क्याप्टेन बास बसेकै घरमा मृत फेला

भलिबल टिमका क्याप्टेन बास बसेकै घरमा मृत फेला

धादिङ । भलिबल क्याप्टेन मनोज कुमार श्रेष्ठ मृत फेला परेका छन् । गयराती सलाङमा आफु बास बसेकै घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका हुन् । नलाङ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल खेलेर आफ्नो टिम सहित सलाङ बस्न गएका थिए ।

उनको टिमले बुधबार भएको खेल जितेको छ । स्रोतका अनुसार उनी दिनभर खेल खेलर साथीसँग बास बस्न रुम पुगेपछि श्रीमतीसँग फोनमा कुरा गरेका थिए । फोनमा केहि भनाभन जस्तो सुनिएको र बिहान उठ्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनको श्रीमती विदेशमा छन् । मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेका थिए भने विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरुमा समेत भाग लिई मेडल प्राप्त गरेको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले बताए ।

 


Thali Mobile Pvt.Ltd.