भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

कैदीहरुबीच झडप हुँदा ६८ जनाको मृत्यु, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

कैदीहरुबीच झडप हुँदा ६८ जनाको मृत्यु, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौं । जेलमा कैदीहरुबीच झडप हुँदा कम्तिमा ६८ जनाको ज्यान गएको छ । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन इक्वेडरमा सयौंको संख्यामा सेना परिचालन गरिएको छ ।सेप्टेम्बरमा सय जनाको ज्यान गएको जेलमा फेरि झडप भएको हो ।

इक्वेडरको गुयाछिल शहरमा रहेको उत्त जेलमा कैयौं कैदीहरुको मृत्यु भएको हो । झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विष्फोटक पदार्थ भारी मात्रामा फेला पारेको छ । यो वर्ष इक्वेडरका जेलमा भएको झडपमा २ सय भन्दा बढी कैदीको मृत्यु भइसकेको छ ।

एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको अनुसन्धानबाट पत्ता लागेको छ । धेरै कैदीहरु टाउको छिनालिएको अवस्था छ भेटिएको सुरक्षाकर्मीहरुले बताएका छन् ।

माफिया समूह र तस्करहरुको प्रभाव जेलमा बढेकाले बारम्बार झडप भईरहेको इक्वेडरका अधिकारीहरुले बताएका छन् । माफिया समूहले इक्वेडरका जेलमा मात्रै नभई ठूलो क्षेत्रमा समेत कब्जा जमाईसकेको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.