भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रोकिएका जिल्लामा कांग्रेस अधिवेशन सुरु, न्यायालय विवादमा तथस्ट

रोकिएका जिल्लामा कांग्रेस अधिवेशन सुरु, न्यायालय विवादमा तथस्ट

काठमाडौं । विवाद टुंगो लाग्न नसक्दा रोकिएका नेपाली कांग्रेस तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएका छन् । प्रदेश २ को सर्लाही, पर्सा र रसुवाबाहेक जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो ।

१३ जिल्लाको क्रियाशील सदस्यता विवादले अन्य जिल्लामा पनि प्रक्रिया रोकिएको थियो। १३ जिल्लाका सबै अधिवेशन सके पनि प्रदेश २ का आठसहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको थिएन।

बाँकी रहेका सबै जिल्लाको अधिवेशन एकसाथ अघि बढाउने निर्वाचन समितिको संशोधित कार्यतालिकाअनुसार फेरि अधिवेशन प्रक्रिया सुरु भएको हो। महाधिवेशन तयारीबारे विभिन्न निर्णय गर्न आइतबार कांग्रेस केन्द्रीय समितिको बैठक डाकिएको छ।

यसैबीच पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेता रामचन्द्र पौडेलसहितका नेताहरूले न्यायालयमा देखिएको विवादका विषयमा पार्टीले धारणा बनाउनुपर्नेमा जोड दिएका छन्।

तर सभापति शेरबहादुर देउवाले भने न्यायालयमा देखिएको विवादले समस्या उत्पन्न भए पनि त्यसको समाधान न्यायालयभित्रैबाट निकाल्नुपर्ने बताएउँदै आएका छन् । संवैधानिक सीमाभित्र रहेर सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान त्यहींबाट खोज्नुपर्ने देउवाको धारणा छ ।

 


Thali Mobile Pvt.Ltd.