भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज

काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज भएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय कमिटी (सिसिएमसिसी) गठन गरिएको छ ।

सिसिएमसी गठनसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै खारेज गरेर नयाँ संरचना बनाइएको हो । ५ जेठमा ल्याइएको कोभिड– १९ सं‍कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार सरकारले सिसिएमसी गठन गरेको थियो । सो अध्यादेश निष्क्रिय भएसँगै सिसिएमसीको कानुनी वैधतामा प्रश्न उठेको थियो ।

सिसिएमसीको खारेजीसँगै प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्मा पनि पदमुक्त भएका छन् । सिसिएमसिसीको संयोजक प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई बनाइएको छ । यसअघि सिसिएमसीमा सुरक्षा निकायबाट विशिष्ट श्रेणीका अधिकृत खटिँदै आएकोमा हाल प्रथम श्रेणीका अधिकारीलाई खटाइएको छ ।

कोरोना संक्रमण पनि न्यून हुँदै गएकाले सिसिएमसी खारेज गरेर नयाँ संरचना बनाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सिसिएमसिसीको कार्यविधिसमेत मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।

संक्रामक रोग ऐन, २०२० अनुसार प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सिसिएमसी गठन भएको थियो । हाल संक्रामक रोग ऐनअनुसार नै फेरि प्रधानमन्त्री कार्यालयकै सचिवको नेतृत्वमा यससम्बन्धी संरचना बनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.