भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना प्रभावलाई ध्यानमा राखी शिवसवरी धाममा विशेष मेला, मन्त्रीले उद्घाटन गर्ने राष्ट्रिय तथा स्थानीय कलाकारले विशेष प्रस्तुती दिने

कोरोना प्रभावलाई ध्यानमा राखी शिवसवरी धाममा विशेष मेला, मन्त्रीले उद्घाटन गर्ने राष्ट्रिय तथा स्थानीय कलाकारले विशेष प्रस्तुती दिने

काठमाडौँ । शिवरात्रीको अवसरमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै शिवसवरी धाम पहरुवा दाङमा विशेष मेला लाग्ने भएको छ । विगत वर्षका महाशिवरात्रिको भन्दा विशेष तरिकामा यसवर्ष मेला आयोजना गरिएको शिवसवरी धामले जनाएको छ ।

धाम परिसरमा भक्तजन तथा सर्वसाधारणको घुइचो लाग्ने र सङ्ख्या बढ्ने भएकाले मेलालाई व्यवस्थित गर्न विशेष पहल गरिएको समितिका अध्यक्ष मिश्रलाल चौधरीले जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्री सोनामले मेलाको उद्घाटन गर्ने जनाइएको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन भक्तजनलाई आह्वान गरिएको छ । यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर लाखबढी भक्तजनलाई दर्शन गराउने धामको तयारी छ ।

देउखुरी दाङको राप्ती गाउँपालिका–५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन २७ गते महाशिवरात्रीमा आयोजना गरिएको धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले विशेष प्रस्तुती राख्ने मेला तथा सांस्कृतिक कार्यक्रम मूल आयोजक समितीले जनाएको छ ।

मेलामा विभिन्न व्यापारिक तथा फलफूलका स्टलहरू समेत रहने, धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागी हुनेहरूलाई भण्डाराको समेत व्यवस्था गरिएको अध्यक्ष मिश्रुलाल चौधरीले बताए ।

शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको समितीका महासचिव धना चौधरीले बताइन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी शिवसवरी धाम स्थल पहरूवामा फागुन २६, २७, र २८ गते तीन दिन सम्म धार्मिक मेला तथा सास्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाइएको समितीका उपाध्यक्ष तथा सांस्कृितक संयोजक राजेन्द्र चौधरीले बताए ।

शिवसवरीधाम पहरूवा यसभन्दा पहिले एक करोड बढी बत्ती बालेर विश्व शान्तिको कामना गरिएको शिवजी चौधरीले जानकारी दिईन् । भक्तजनहरूको सक्रियताले १ करोड ५ लाख बत्ती बालिएको शिबजी चौधरीको भनाई छ । मेलाकाे प्रचार प्रसारलाइ व्यापक पारिएकाे प्रचार प्रसार संयाेजक सन्ताेष कुमार गुप्ताले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.