भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

थप १९१३ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुग्यो

थप १९१३ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुग्यो

काठमाडौं । थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । नेपालमा १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना थपिएका छन् । त्यसैगरी कास्कीका ७१, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०/५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९/३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४/१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२/१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

त्यसै सिन्धुपाल्चोक र बझाङका ९/९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८/८ जना, सप्तरी र प्युठानका ६/६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५/५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४/४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३/३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २/२ जनामा काेराेना पुष्टी भएकाे छ ।

यता तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १/१ जनामा संक्रमण देखिएको हाे ।

 


Thali Mobile Pvt.Ltd.