काठमाडौं । थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
अत्यधिक मदिरा सेवनले कोरोना संक्रमित एक पुरुषको मृत्यु
पाल्पामा कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो ।
उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् ।
Video…
https://www.facebook.com/Kailashkhabarnews/videos/624933194856941/
