भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कोरोना संक्रमित पाँच जनाको मृत्यु

कोरोना संक्रमित पाँच जनाको मृत्यु

पर्सा । कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए ।

कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एकरएक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । यता अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.