भर्खरै : Sorry, your browser does not support inline SVG.

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

२१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए ।

उक्त कदम संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.