भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

को कोलाई मन्त्री बनाउने भन्नेबारे निर्णय लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

को कोलाई मन्त्री बनाउने भन्नेबारे निर्णय लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा पनि छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले बताए ।

अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेलगतै बैठक बस्न लागेको हो । देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् ।

 


Thali Mobile Pvt.Ltd.