भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्वारेन्टिनमा आत्महत्या गरेका उनको कोरोना रिर्पोट पोजेटिभ आयो

क्वारेन्टिनमा आत्महत्या गरेका उनको कोरोना रिर्पोट पोजेटिभ आयो

१३ साउन २०७७ बर्दिया । क्वारेन्टिनमा आत्महत्या गरेका एक व्यक्तिको कोरोना रिर्पोट पोजेटिभ आएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ बस्दै आएका उनलाई आफन्तले क्वारेन्टिनमा बस्नुपर्ने सल्लाह दिएपछि ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । आइतबार राति उनले ओछ्याउने तन्नाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रहरी उपरीक्षक केदार रजौरेले बताए । पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा रहेको र रिपोर्ट आइसकेपछि शव सेनाले व्यवस्थापन गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताए।

 


Thali Mobile Pvt.Ltd.