भर्खरै : Sorry, your browser does not support inline SVG.

क्वारेन्टिनमा आत्महत्या गरेका उनको कोरोना रिर्पोट पोजेटिभ आयो

क्वारेन्टिनमा आत्महत्या गरेका उनको कोरोना रिर्पोट पोजेटिभ आयो

१३ साउन २०७७ बर्दिया । क्वारेन्टिनमा आत्महत्या गरेका एक व्यक्तिको कोरोना रिर्पोट पोजेटिभ आएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ बस्दै आएका उनलाई आफन्तले क्वारेन्टिनमा बस्नुपर्ने सल्लाह दिएपछि ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । आइतबार राति उनले ओछ्याउने तन्नाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रहरी उपरीक्षक केदार रजौरेले बताए । पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा रहेको र रिपोर्ट आइसकेपछि शव सेनाले व्यवस्थापन गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताए।

Mohotsav


Thali Mobile Pvt.Ltd.