भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

खप्तड छेडेदह ओझेलमा

खप्तड छेडेदह ओझेलमा

बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बीचमा रहेको छेडेदह ताल लामो समय देखि संरक्षणकै पर्खाइमा रहँदै आएको छ।

साबिकको वडा नं ९ खाती गाउँ र आटीचौर गाविसको वडा नं–१ लम्गाउँका स्थानीय बीच लामो समयसम्म सिमाना विवाद हुँदै गएपछि ताल ओझेलमा पर्दै आएको हो।

खप्तड छेडेदह गाउँपालिका वडा नं –७ का वडा अध्यक्ष खगेन्द्र रावतले एउटै गाउँपालिकाको –२ वडाको सिमानामा रहेको यो ताल दुबै वडाका स्थानीय बीच विवाद हुँदै आएको छ ।

त्यो विवादको अझै कुनै टुङ्गो नलागेपछि तालको संरक्षण नभएको बताए। साबिकका गुदुखाती –९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको यो ताल स्थानीयले आ–आफने क्षेत्रमा परेको भन्दै अडान लिन थालेपछि संरक्षणका लागि विभिन्न निकायसँग पहल कदमी गर्न नै निकै समस्या भएको छ ।

स्थानीय सरकार गठन भएपछि अहिले यो ताल खप्तड छेडेदह गाउँपालिका ४ र ७ को बीचमा पर्छ । यो वर्ष बाजुरामा लगातार पर्दै गएको अविरल वर्षाताका कारण वडा नं –४ को खाती गाउँको पट्नापानीमा गएको पहिरोले खोलिने सम्भावना समेत देखिएको छ ।

यती बेला तालको संरक्षणका लागि केही काम गर्न सकिने भएपनि पहिरोको समेत जोखिम भएपछि स्थानीय सरकारबाट कुनै सम्भावना नदेखिएको खप्तड छेडेदह गाउँपालिका –४ का वडा अध्यक्ष दलबहादुर रावतले बताए।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट यो ताल हर्नेका लागि दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । प्रकृति स्रोतले सम्पन्न यो ताल सुदूरपश्चिमकै एक पर्यटकीय स्थलको रुपमा चिनिने तालको संरक्षण गर्नु अति आवश्यक रहेको छ ।

यसका लागि गाउँपालिका पनि लागि परेको छ । तर दुइ गाउँको विवाद नटुङ्गेका कारण गाउँपालिकाले पनि केही गर्न सकिएको छैन् । अध्यक्ष रावतले खप्तड छेडेदह गाउँपालिकाको अहिले ४ र ७ नम्बर वडामा पर्ने यो तालको जती महिमा आर्कषण छ त्यती महत्व र स्थान पाउन नसकेको बताउनुभयो ।

जिल्लाकै एक आकर्षणको रुपमा रहेको यो ताल विवादकै कारणले संरक्षण हुन नसकेको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।

यो ताल बाजुरा जिल्लाकै एक पर्यटकीय क्षेत्रको रुपमा रहेकोले यसमा गाउँपालिकाले मात्र केही काम गर्न नसकिने भएकोले यसका लागि स्थानीयसँगै प्रदेश र सङ्घीय सरकारको ध्यान जान जरुरी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.