भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

खाना लगत्तै फलफूल खानु नराम्रो

खाना लगत्तै फलफूल खानु नराम्रो

हामी विहान भन्दा बेलुकाको खानामा केही गुलियो खानेकुरा खान मन पराउछाैं । स्वभाविकै हो, शरीरको वजन कम गर्न यसाे गर्न भन्छाैं । तर यसाे नगरी गुलियो खाने तललाई कुनै फलफूलबाट पुरा गर्न जरूरी छ । फलफूलहरु प्रायः स्वास्थ्यवद्र्धक, रसिलो, पोषणले भरिपूर्ण, प्राकृतिक रुपमै गुलियो तथा कुनै मिठाई अथवा चकलेटभन्दा धेरै गुणा उत्कृष्ठ हुन्छ ।

मान्यता

आयुर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पाचनक्रियाको लागि राम्रो होइन । प्राचीन चिकित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डिनर गरिसक्नु पर्ने बताउँछ । यदि तपाईंले फलफूल तथा खाना एक साथ खानु भयो भने तपाईंको शरीरले पहिला फलफूललाई पचाउँछ र त्यसपछि खानालाई पचाउँछ । जसका कारण पेट खराब हुने समस्या हुनसक्छ र साथै तपाईंको शरीरले खानाको आवश्यक पोषणको फाइदा पनि उठाउन पाउँदैन ।

यहाँनेर, कतिपय मानिसहरुको भनाइ के छ भने सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो निद्रा पर्छ । तर, वास्तविकता त्यसको ठिक विपरित हुन्छ । फलफूलले शरीरमा चिनीको मात्रा बढाउँछ । जसले तपाईंको उर्जालाई बढाइदिन्छ र राति सुत्दा तपाईंलाई अफ्ट्यारो हुन सक्छ । तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन । यसलाई समय मिलाएर राति पनि खान सकिन्छ । तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ ।

कुन फल खाने ?

तपाईंले सुत्नुभन्दा अघि कुन फल खाने भन्ने कुरामा पनि ध्यान दिनु अनिवार्य छ । राति प्लेटभरीको फलफूल खानु हुँदैन । यदि तपाईंलाई गुलियो नै खान मन छ भने फलफूलको एक–दुई टुक्रामात्रै लिनु पर्छ । जसमा चिनीको मात्रा कम तथा फाइबर बढी होस् । जस्तो तरबुजा, नासपाती अथवा किबीजस्ता फलफूल खान सकिन्छ । राति फलफूल खाने बित्तिकै सुत्नु पनि हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रातिको खाना तथा फलफूल सेवनको बीचमा कम्तिमा ३० मिनेटको ग्याप हुनैपर्छ । यदि सम्भव भयो भने फलफूललाई तपाईंले रातिको खाना खानुभन्दा एक घण्टा अघि नै सेवन गर्नसके अझ राम्रो हुन्छ ।