भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

भारतीय हस्तक्षेपविरुद्ध सीमावर्ती क्षेत्रमा युवाले गरे प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध सीमावर्ती क्षेत्रमा युवाले गरे प्रदर्शन

विराटनगर । नेपाली भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा स्वतन्त्र युवा समुहको नाममा यहाँका युवाले प्रदर्शन गरेका हुन् ।

भन्सार गेट अगाडि विरोध प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप स्वीकार्य नभएको भन्दै चर्को विरोध गरेका हुन् । बिहीबार सीमानाका पुगेका युवाले भारतको थिचोमिचो सहेर अब नबस्ने बताएका छन् । नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको भूभाग अतिक्रमित क्षेत्र फिर्ता नगरे कडा प्रतिवादमा उत्रिने उनीहरुले बताएका छन् ।

भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि व्यापकरुपमा तीब्र बिरोध भइरहेको छ । यसका विरुद्ध देशभर विरोध प्रदर्शनका कार्य भैरहेका छन् । विद्यार्थीहरु विरोध स्वरुप सडकमा उत्रिएका छन् भने नेपाल सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । सरकारले कुटनैतिक पहलबाट समस्या समाधान गर्ने जनाईसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.