भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं. ३ गट्ठाघरमा स्थित सुविधा सम्पन्न सुपरस्पेशियालिटी सेवासहितको क्लिनिक संचालनमा आएको छ । राजमार्गसंगै आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको हो ।
मंगलवार एका कार्यक्रमकाबीच गुणस्तरीय सेवा दिनका लागि क्लिनिक संचालनमा ल्याएको क्लिनिकका अध्यक्ष प्रा.डा. सुरज बज्राचार्यले बताए । क्लिनिकबाट दिने सेवा सुविधाका बारेमा प्रकाश पार्दै उनले क्लिनिकमा गुणस्तरीय प्रयोगशाला र विशेषज्ञ चिकित्सक सहित २० वटा विभागमार्फत सेवा प्रदान गरिने जानकारी दिए ।
क्लिनिकको औपचारिक उद्घाटन माघ १२ गते बिहीबारका दिन अर्थात श्रीपञ्चमीको दिन गर्ने बताए । क्लिनिकमा विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधासमेत हुने प्रा.डा. बज्राचार्यले बताए ।
ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी, आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग, इनभिट्रो फर्टिलाइजेशन
र बाल रोग सेवा उपलब्ध गराइने जानकारी दिदै फिजियोथेरापी, मनोचिकित्सा, डर्माटोलोजी, मेट्राे आई कियर सेन्टर(आँखा), समाज डेन्टल (दाँत) र
वात्सल्या IVF, नाक, कान घाटी रोगको विशेष उपचारको ब्यवस्था मिलाइएको बताए । जेष्ठ नागरिक, फरक क्षमताका व्यक्ति र आजिवन सदस्यता लिनेलाई सेवामा विशेष छुटको ब्यवस्था रहेको उनको भनाइ छ ।
भक्तपुरलाई स्वास्थ्यको हब बनाउने उदेश्यका साथ क्लिनिक संचालन गरिएको ब्यवस्थापक बिकास थापाले बताए । उपचारको लागि राजधानी धाउनु पर्ने बाध्यता हटाउन र बिरामीलाई क्लिनिकमा आउने वातावरण सहज बनाइने उनको भनाइ छ ।
नाफामुखी नभई सेवामुखि भएकाले स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याएका तथा स्वास्थ्य क्षेत्रमै ख्याती कमाएका चिकित्सकबाट सेवा दिने भएकाले यसको ब्यवस्थापन त्यही किसिमले गरिएको थापाले बताए ।
