भर्खरै : Sorry, your browser does not support inline SVG.

गणतन्त्र दिवसमा भिभिआईपीका कैदीलाई माफी देखि देश विकाससम्मका सन्देश

गणतन्त्र दिवसमा भिभिआईपीका कैदीलाई माफी देखि देश विकाससम्मका सन्देश

गणतन्त्र दिवसमा ८१८ कैदीलाई माफी
काठमाडौं । गणतन्त्र दिवस २०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीले माफी मिनाहा गरेकी छन् ।राष्ट्रपति भण्डारीले दिवसका अवसरमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

मन्त्रिपरिषद्को यही जेठ १० गते बसेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन् ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी गरेकी हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.