भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’

‘संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ’

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतान्त्रिक संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाउन स्वरोजगारको व्यावहारिक सुनिश्चितता गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुनसक्ने बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले लाखौँ बेरोजगार, एकछाक खान मुस्किल भएका अति विपन्न श्रमिक वर्गलाई स्वरोजगारको व्यावहारिक सुनिश्चित गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुने उल्लेख गर्नुभयो ।

शुभकामना सन्देशमा भनिएको छ “ राष्ट्रिय एकताको बलमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय औद्योगिक विकास अनिवार्य सर्त छ र विकल्प रहितप्रणको आवश्यकता छ आजको दिनले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्मलाई आत्मसात् गर्दै समावेशी र समानुपातिक तीन तहको शासन व्यवस्थाको माध्यमबाट भ्रष्ट्राचाररहित, बेरोजगाररहित समृद्ध उन्नत सुशासन र दीगो शान्तिको देश बनाउन सकौँ मेरो शुभकामना छ ।

 


Thali Mobile Pvt.Ltd.