भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गत शुक्रबार क्यानडाको संसद्ले पूरै विश्वको ध्यान खिच्यो

गत शुक्रबार क्यानडाको संसद्ले पूरै विश्वको ध्यान खिच्यो

अटोवा । क्यानडाको हाउस अफ कमन्समा निमन्त्रणा गरेर सम्मान गरेको विषयमा सभामुखले राजीनामा दिएका छन् । हिटलरको नाजी सैनिकको पक्षमा लड्ने एक व्यक्तिलाई सम्मान गरेपछि राजीनामा दिएका हुन । गत शुक्रबार क्यानडाको संसद्ले पूरै विश्वको ध्यान खिचेको थियो । सभामुख रोटाले ९८ वर्षीय योरोस्लाभ हुंकालाई युक्रेन युद्धको हिरो बताएका थिए ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको उपस्थितिमा संसद्मा सबैले उभिएर उनलाई सम्मान गरेका थिए । तर पछि हुंका हिटलरको सेनामा रहेको र नाजीको तर्फबाट दोस्रो विश्वयुद्ध लडेको खुलासा भएको थियो । यस घटनापछि क्यानडाका कयौँ नेताले ट्रुडो प्रशासनको निन्दा गर्दै रोटाको राजीनामाको माग गरेका थिए ।

विषयलाई लिएर चर्को आलोचना हुनुका साथै राजीनामाको माग भएपछि एन्थोनी रोटाले मंगलबार अटोवामा पार्टीका नेताहरूसँग छलफल गरेर पदबाट राजीनामा दिएका हुन् । संसद्‍मा उनले भने, ‘मैले सभामुखको पद छाड्नुपर्छ । म सबैसँग माफी माग्न चाहन्छु ।’

 


Thali Mobile Pvt.Ltd.