भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

गाउँमा पस्यो जंगली हात्ती, आक्रमणबाट १ जनाको मृत्यु

गाउँमा पस्यो जंगली हात्ती, आक्रमणबाट १ जनाको मृत्यु

झापा । जंगली हात्ती गाउँमा पसेर आक्रमण गर्दा झापामा एक जनाको मृत्यु भएको छ ।

आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचार गर्न अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

बाह्रदशी १ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो ।

घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

 


Thali Mobile Pvt.Ltd.