भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

मध्यपुर थिमि नगरपालिकाको चेतावनी, अतिक्रमण गरी बनाइएको संरचना भत्काउन ३५ दिने सूचना

मध्यपुर थिमि नगरपालिकाको चेतावनी, अतिक्रमण गरी बनाइएको संरचना भत्काउन ३५ दिने सूचना

भक्तपुर । सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन मध्यपुर थिमि नगरपालिकाले ३५ दिने सूचना निकालेको छ ।
मध्यपुर थिमि नगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै ३५ दिन भित्र सडक अचिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन दिएको हो ।

सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र नहटाएमा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ । मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई समेत कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्ड विपरीत संरचना बनाइएको पाइएकाले ३५ दिन भित्र हटाउन नगरपालिकाले सूचीत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.