भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

गुटको कुरा नगरौं, समाजवादका निम्ति अगाडि बढौं भन्दा ओलीले असंवैधानिक कदम चालेः सूर्य सुवेदी (भिडियाेसहित)

गुटको कुरा नगरौं, समाजवादका निम्ति अगाडि बढौं भन्दा ओलीले असंवैधानिक कदम चालेः सूर्य सुवेदी (भिडियाेसहित)

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली पक्षमा लागेपछि मन्त्री थापाका राजनीतिक सल्लाहकारका रुपमा रहेर काम गरेका नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ बादललाई छोडेर प्रचण्ड–माधवकुमार नेपाल पक्षमा लागे । अहिले नेकपाभित्रको विभाजन र नेतृत्वको असंवैधानिक कदमका विषयमा कैलाश खबरले सुवेदीसंग कुराकानी गरेको छः

यहाँलाई कैलाश खबरमा स्वागत छ ।
धन्यवाद ।

अहिलेको राजनैतिक तरलतालाई कसरी लिनुभएको छ ?
पार्टी फुटको डिलमा आएको छ । बादल–ओली पक्षको कदमले देश अगाडि जाँदैन । राजनैतिक परिघटनाको फेस गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चाल्नु भयो । यो कदमका विरुद्ध सबै एक भएर लड्नु पर्ने भएकाले म यता नै छु । देशमा प्रतिक्रान्तिको सुरुवात भयो भन्ने मलाई लागेको छ । देशी विदेशी तत्वको इसारामा ओली चलेकाले देश कठिन मोडमा गएको छ । दुखद परिघटना भइरहेका छन् ।

देशलाई सामन्तको घेराबाट बचाउनु पर्छ भनेर जनयुद्ध गरेका तपाईहरु अहिले यो अवस्थामा आउनुले उदेश्यसंग त मेल खाएन नि ?
त्यहि नभएर त हामी यो अवस्थामा आयौं । जनताका एजेण्डामा प्रवेश नगरि बहमै थियौं । त्यहि एजेण्डा र बहसबाट त साथीहरु भाग्नु भयो र यो असंवैधानिक कदम चाल्नु भयो । जनवादी कार्यदिशा र समाजवादी बाटोमा लागौं भन्दा उहाँहरु भाग्नु भयो र ट्रयाकबाट हट्नु भयो ।

तर केहि कम्युनिष्ट पार्टीले समेत प्रधानमन्त्रीको कदम ठिक छ भनिराखेका छन् नि ?
मलाई जानकारी भएन । तर यो असंवैधानिक कदमको सबैठाउँबाट विरोध भइरहेको छ । प्रधानमन्त्रीको यो कदमको कसैले पनि स्वीकार्यका छैनन् । तर केही कम्युनिष्ट पार्टीको भने संसदीय धारबाट जनताको मुक्ति हुदैन भन्ने विमति त छ नै । केही अन्तर त छन् । तर यो कदमको स्वागत गरेको भन्ने केरा मलाई थाहा छैन ।

यो कदम सर्वोच्च अदालतले फैसला गर्न बाकी छ, सदर य¥यो भने कस्तो अवस्था आउला ? अर्को बदर गरेर गयो भने स्थिति के हुन्छ ?
म राजनीतिशास्त्रको विद्यार्थी भएको नाताले पनि दुइ कोणबाट हेर्नु पर्छ । संविधानवीद म नभएकाले यो प्रक्रियाबारे संविधानविदले हेर्लान् । तर समाजवादी बाटो बाट जान थाले भन्ने लागेर प्रतिक्रियावादीहरुले सेवोटेज गर्ने गरी कदम चालेकाले जनताले बुझ्न जरुरी छ । अदालतले सही फैसला गर्छ भन्ने नै मलाई लागेको छ ।

तपाईले समाजवादको कुरा गरिरहदा व्यवहारत मेल खादैन, उल्टै नेकपाको गतिविधिले नेपालको कम्युनिष्ट आन्दोलन समेत पछि धेलिएको जस्तो लाग्दै न र ?
एक अर्कालाई जनताले राम्ररी चिनेका छन् । एकता अबुझ भएर भएको होईन, हामी पुजीवादी क्रान्ति सम्पन्न भयो अब समाजवादी क्रान्ति तर्फ जाउँ भन्दा त यो अवस्थामा आयौं । देश अग्रगमन तिर जाने कि यथास्थितिमा राख्ने भन्ने पेचिलो लडाई भएकाले केपी ओली प्रारम्भिक अवस्थामै भाग्नु भयो यहि निर त धोका भयो । बैठकबाट हल निकाल्ने भनेर लागिरहेका बेला उहाँहरु भाग्नु भयो ।

तपाईँ त बादल निकट रहेर लामो समय काम गर्नु भयो किन यता लाग्नु भयो ? खास कारण के हो ?
यहि फरक भएर त हामी अलग भयौं । तथ्यको जनताले फैसला गर्ने छन् । अलग पार्टीको नेताको बारेमा अब मैले धेरै बोल्नु उचित छैन ।
ओली पक्षले प्रचण्डले धोका दिए भन्ने यता तपाईहरु ओलीले धोका दिए भनेर आरोप लगाउनु हुन्छ, खासमा के हो ?
कसले कसलाई धोका दियो ? भनेर हुनेवाला छैन । यसको फैसला जनताले गर्नेछन् । को सही को गलत हो । यही भ्याकुमका विरुद्धमा त प्रतिक्रियावादीले खेल्ने मौका पाए । हामी संघर्षमा छौं । ओली पक्ष गलत बाटोमा गयो भन्ने हाम्रो दावी हो ।

अहिलेको यो लडाईले निराषा मात्रै होइन, नेपालको कम्युनिष्ट आन्दोलन नै धरापमा पा¥यो , तर वास्तविक कम्युनिष्ट हौं कि होइनौं भन्ने कुरा पनि प्रमाणित भयाे नि है ?
तपाईले उठाएको प्रश्न गम्भिर छ । यसलाई गहन ढंगले सोच्नु र छलफल गर्नु पर्छ । प्रतिक्रियावादीहरुले एक एक गरी जनताका एजेण्डा असफल पारिरहेका छन् । हामी कम्युनिष्ट हौं कि होइनौं भन्ने कुरा विचारधारा र व्यवहारले देखाउने हो । हामीले नेपालको मौलिकतामा पूजिवादी क्रान्ति सम्पन्न गरेका छौं । तर समाजवादी लडाईका निम्ति अठाडि बढौं भन्दा त यो अवस्थामा आईयो । जालिफटाहा सामन्तका विरुद्धमा पार्टीले कदम चालेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो ।

यी क्रियाकलापले त विश्वास गर्ने आधार त देखिदैन नि ?
त्यहि छलफलमा बसेकै बेला त यो परिघटनामा आयौं । बाह्य कुरा भन्दा पनि आन्तरिक कुराले बढी प्रभाव पार्ने रहेछ ।नेताले गलत निर्णय लिँदा क्रान्तिकारी तप्कामा, जनतामा स्वतः निरासा आउँछनै । तर, यस्ता परिघटना यो नै पहिलो होइन र सायद तत्कालै यो अन्त्य पनि हुँदैन । जनतालाई विश्वस्त पार्ने कुरा धेरै छन् । जनताले सहि र गलत छुट्याउने छन् । दलालहरुले प्रतिक्रान्ति तर्फ धकेल्न लागेका छन् यसलाई सबैले चिन्न जरुरी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

समय र विचारका लागि यहाँलाई धन्यवाद ।
मेरो विचारलाई समेटेर जनतामाझ लिने अवसर दिनु भयो त्यसका लागि कैलाश खबर परिवारलाई विशेष धन्यवाद ।

 


Thali Mobile Pvt.Ltd.