भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

भक्तपुर । भक्तपुर नगरपालिकाले गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरेको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनेर भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच भएको बैठकले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनै पूर्णिमा) र २०८० भदौ १४ गते बिहीबार सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा बसेको बैठकले ज्योतिषशास्त्र अनुसार भाद्र १३ गते बुधबार चतुदर्शी (१४) घ.प. ११.२८ प्रात, घ.मि. १०.१७ प्रात र त्यसपछि भाद्र १४ गते एकै दिनमा वृहस्पतिबार पूर्णिमा (१५) घ.प. १५.१८ प्रात, घ.मि. ७.४९ प्रात, प्रात ७.४९ मिनेट पछि परेवा (प्रतिपदा) लाग्ने, सापारु शुरु हुने समय रहेकोले यहि मिति २०८० भाद्र १३ गते विहान १० बजे १७ मिनेटदेखि पूर्णिमा शुरु भई भाद्र १४ गते विहान ७ः०० बजेर ४९ मिनेटसम्म रहने र त्यसपछि सापारु शुरु हुने भएको हुँदा २०८० भाद्र १३ गते पुन्ही र २०८० भाद्र १४ गते सापारु मनाउने निर्णय गरेको हो ।

बैठकमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु उपप्रमुख रजनी जोशी, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र तलेजुका पुजारीहरु प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेन्द्र कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र केदारप्रसाद जोशी समेतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.