भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘गुलाब’ चक्रवातको असरले वर्षाको सम्भावना

‘गुलाब’ चक्रवातको असरले वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा आएको ‘गुलाब’ चक्रवातको असरले आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाको ठहर छ ।

असोज ८ गते बंगालको खाडीबाट विकसित भएको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात असोज १० गते भारतको उडिसामा जमिनमा अवतरण भएको र उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेकाले त्यसको अप्रत्यक्ष परिधीय असरले नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम बदलीको अवस्था हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार बिहान चितवनमा मध्यमस्तरको वर्षा भएको छ भने दिउँसो काठमाडौं उपत्यकासहित देशभरका केही स्थानमा सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने मौसमविद् राजु प्रधानांगले बताए ।

 


Thali Mobile Pvt.Ltd.