भर्खरै : Sorry, your browser does not support inline SVG.

गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दाको सुनुवाइ हुदै

गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दाको सुनुवाइ हुदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको आज सुनुवाइ हुने भएको छ । सरकारी वकिलको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दाको सुनुवाइ आजका लागि सारिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

अमेरिकाको नागरिकता त्याग गरेको निस्सा नबुझाएको कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाको पुरानो नागरिकता निष्क्रिय भइसकेको तर त्यही नागरिकता प्रयोग गरी पार्टी दर्ता गरेको,

प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित भएको भन्दै सबै प्रक्रिया र प्राप्त पद खारेज गर्न मागसहित उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अधिवक्ता रविराज बसौला र नागरिकका रूपमा युवराज पौडेलले दायर गरेको रिटमा नेपाल नागरिकता ऐन, २०६३ को नागरिकता त्याग र प्राप्तिका विषयमा प्रश्न उठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.