भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पाइपलाइनबाट पेट्रोल आयात एक वर्षभित्र सम्पन्न हुने

पाइपलाइनबाट पेट्रोल आयात एक वर्षभित्र सम्पन्न हुने

काठमाडौं । एक वर्षभित्र मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ल्याउने भएको छ । हाल पाइपलाइनबाट डिजलमात्र आयात हुँदै आएको सरकारले जनाएको छ ।

अब पेट्रोल पनि ल्याइने गरी निर्माण कार्य भइसकेको छ।

दक्षिण एसियाको एकमात्र अन्तरदेशीय पेट्रोलियम पाइपलाइन भएको जनाइएको छ । भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमले यो पाइपलाइन निर्माण गरेको हो ।

डिजेलमात्र आयात हुने गरी २०७६ भदौ २४ गते पाइपलाइनको उद्घाटन गरिएको थियो ।

त्यसयता प्रतिघण्टा १ लाख ९३ हजार लिटरसम्म डिजल पाइपलाइनबाट आयात हुन्थ्यो । पाइपलाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटरसम्म इन्धन आयात गर्न सकिन्छ।

आगामी सन् २०२४ को जनवरीभित्र पेट्रोल आयात गर्न मिल्ने पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर नेपाल आयल निगमले मंसिर २९ गते पाइपलाइनको दोस्रो चरणको निर्माण सुरु गरेको हो ।

दोस्रो चरण सम्पन्न भएसँगै डिजेल आयात हुने गरेको पाइपलाइनबाटै पेट्रोल पनि प्राप्त हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.