भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गैरआवसीय नेपालीको विश्व सम्मेलन सुरु, ज्ञान, प्रविधि र धनलाई देशका लागि उपयोग गर्न राष्ट्रपतिको अनुरोध

गैरआवसीय नेपालीको विश्व सम्मेलन सुरु, ज्ञान, प्रविधि र धनलाई देशका लागि उपयोग गर्न राष्ट्रपतिको अनुरोध

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपालीहरुले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् ।

एनआरएनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन एनआरएनले खेलेको भूमिकाको प्रशंशा गरिन् । उनले भनिन्, ‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

ललितपुर स्थित होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय रहेको बताइन् ।

कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता दिन पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन् । सम्मेलनमा विश्वभरी छरिएर रहेको नेपालीहरुको सहभागिता रहेको छ । सम्मेलनको भोलि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.