भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

प्राकृतिक सुन्दरता भित्रको साहसिक साइकल ट्रेल सञ्चालन

प्राकृतिक सुन्दरता भित्रको साहसिक साइकल ट्रेल सञ्चालन

काभ्रे । निकै महत्वपूर्ण मानिएको फूलचोकीदेखि पनौतीसम्मको साहसिक साइकल ट्रेल सञ्चालनमा आएको छ । शनिबार पनौती नगरपालिका आयोजक र भिलेज हाइल्याण्ड रिसोर्ट सहआयोजक समेत रहेको ललितपुरको फूलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म निर्माण गरिएको साहसिक साइकल ट्रेल पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले उद्घाटनपछि सञ्चालनमा आएको हो ।

साइकल ट्रयाक सञ्चालनमा आएपछि यहाँको पर्यटन व्यवसायमा टेवा पुग्ने पनौती नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । उनले नेपालमा यस्तो साहसिक खेलले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिदै पनौती नगरपालिकाको पर्यटन समिति र पनौती नगरपालिका पर्यटन प्रर्वद्धन निरन्तर लागि परेको जानकारी दिए ।

उद्घाटन पछि कुसादेवीमा भएको समापन समारोहमा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पनौती नगरपालिका पर्यटकीय क्षेत्रको विकासमा लागि परेको बताउदै यस्ता ठाउँ र संरचनाको संरक्षण गर्ने बताए ।

पनौती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष किसोर थापाले साहसिक खेलले पर्यटन क्षेत्रमा पनौती नगरपालिकालाई अग्रस्थामा राख्ने बताए । उनले पनौतीको पहिचानमा साहसिक खेलहरु पनि थपिदै गएको बताए । कार्यक्रममा पर्यटन व्यवसायी तथा भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले सरकारी र नीजि क्षेत्रको समन्वयविना विकास अघि बढ्न नसक्ने बताउदै फुल्चोकी देखि गर्दुम डाडासम्मको साहसिक साइकल ट्रेलले आफुलाई खुशी बनाएकाे बताए ।

उनले भने, ‘विकास भनेको यसरी नै हुने हो आतिनु हुदैन, निरन्तर लागेपछि हरेक कुरा सम्भव हुन्छ ।’ उद्घाटनपछि १ सय ७५ जनाले साइक्लिङ गरेका हुन । साइक्लिङ गर्न विभिन्न ठाउँबाट सहभागि भएका साहसी खेलाडीहरुले आफूले यस्तो ठाउँमा साइकल चलाउन पाउँदा खुशी लागेको बताए ।

साइक्लिङ गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । उक्त साइकल मार्गको दुरी ७ किलोमिटर रहेको छ । यस्तै गुर्दुम डाँडाबाट ३ किलोमिटरको दुरीमा कुशादेवीस्थित ग्वार्को–पनौती–नमोवुद्ध सडकमा पुगिन्छ ।

 


Thali Mobile Pvt.Ltd.