भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

गोबरगाढाका ३५ घर डुबानमा

गोबरगाढाका ३५ घर डुबानमा

राजविराज । लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् । सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । बाढीले दुईटा घरमा कटानसमेत गरेको जनाइएको छ ।

पानीको बहाव उच्च भएपछि ती घरमा दुई फिटसम्म पानी जमेको छ । चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए। घरहरुमा बाढीले डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उहाँको भनाइ छ ।

स्थानीयवासी हरि यादव र शत्रुधन यादवको घर कोशी नदीले कटान गरेको छ भने अन्य घरमा पनि कटान गर्न सकिने डरले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेको वडाध्यक्ष यादवले बताए। यसैबीच वडाध्यक्ष यादवको नेतृत्वमा अहिले डुबानमा परेका घर र क्षतिको विवरण सङ्कलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ

 


Thali Mobile Pvt.Ltd.