भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा

गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी १४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले बताए ।

तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा निरास भएका छन् । तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको रेशमबहादुर आलेमगरले यस वर्ष एक लाखको पनि बिक्री नभएको बताए ।

गतवर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको इन्द्रबहादुर पुरीले गुनासो गरे । गतवर्ष रू दुई लाख २३ हजारको गोलभेँडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुनाए । वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.