भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

गोलीकाण्डमा जेल बसेका मोहम्मद अन्तत आफैँ बने गोलीको शिकार

गोलीकाण्डमा जेल बसेका मोहम्मद अन्तत आफैँ बने गोलीको शिकार

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोमवार राति गोली लागेर एक जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–२ घर भएका लाला मोहम्मदको अपराधको बाटोले आफ्नै ज्यान लिएको हो । २०६४ असार २० गते अनामनगरस्थित धोवी खोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको अभियोगमा मोहम्मद १० वर्ष जेल जीवन बिताएर बाहिर निस्केका थिए ।

उनलाई पनि त्यसरी नै बलराम पटुवा समूहले गोली हानी हत्या गरेको प्रहरीको निष्कर्ष छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार घटनामा २०६४ सालको बदला लिएको देखिन्छ । मोहम्मद भारतीय नक्कली नोटमा संलग्न रहेको भेटिएको छ । भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने खुलेको छ ।

बलरामको गोली हानी हत्या अभियोगमा लाल मोहम्मद र पप्पु गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा संलग्न अर्का व्यक्ति मुन्नु खान भनिने इल्ताव हुनेस अन्सारीलाई प्रहरीले २०६६ सालमा पक्राउ गरेर मुद्धा चलाएको थियो ।नक्कली नोट कारोबारको विषयमा विवाद हुँदा त्यो समयमा लाल मोहम्मदको समूहले बलरामलाई गोली हानेको प्रहरीले जनाएको छ ।

उनीहरूले पाकिस्तानबाट नक्कली नोट ल्याएर भारतसम्म पुर्‍याउने गरेका थिए । लाल मोहम्मदको सोमवार बेलुका अज्ञात समूहले गोली हानेर फरार भएका छन् । गोठाटारमा एजेन्जर इन्टरप्राइजेज वर्ड वेष्ट गार्मेन्ट सञ्चालन गर्दै आएका लाल मोहम्मदलाई बेलुका आफ्नो गार्मेन्टको अगाडि गोली प्रहार भएको हो । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो ।

उपचार हुन नसकेपछि टीयू टिचिङ अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । टाउको , दायाँ हात र दायाँ गोडामा गोली लागेका उनको अस्पतालले मृत घोषणा गरेको थियो । बेलुका गार्मेन्टलाई चाहिने सामान बा ६ च ५१५२ नम्बरको गाडीमा लिएर फर्किएका उनलाई गोठाटार गार्मेन्ट अगाडि गाडीबाट झर्ने बित्तिकै रातो सर्ट र जिन्स पाइन्ट लगाएर आएका एक जना व्यक्तिले गोली प्रहार गरेर भागेको सीसीटीभी फुटेजमा देखिन्छ ।

उनलाई गाडी वरिपरी लखेटी लखेटी गोली हानेको देखिएको छ । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल समेत बरामद गरेको छ । माथिल्लो तलामा लाला मोहम्मदका परिवार बस्दै आएका थिए भने तल्लो तल्लामा गार्मेन्ट चलाउँदै आएका थिए । गोली चलेपछि उनकी छोरी घरको माथिल्लो तल्लाबाट हाम फालेर गोली हान्ने व्यक्तिलाई लखेटेको पनि सीसीटीभी क्योमरामा देखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.