भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

४८ राजनीतिक दलले बुझाए समानुपातिक बन्दसूची

४८ राजनीतिक दलले बुझाए समानुपातिक बन्दसूची

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।

आयोगले असोज २ र ३ गते बन्दसूची बुझाउने मिति तोकेको थियो । तर, ३ गतेको कार्यालय समयमा समेत नसकिएपछि रातभरसमेत दर्ता गर्ने कार्यक्रम जारी रह्यो ।

अझै दर्ता अध्यावधिकको क्रम चलिरहेको आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका थिए ।

तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएकोमा हालसम्म ४८ दलले बन्दसूची बुझाएको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.