भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

गोली प्रहारबाट तीन विद्यार्थीको मृत्यु

गोली प्रहारबाट तीन विद्यार्थीको मृत्यु

अमेरिका । मिचिगनस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षक सहित ६ जना घाइते भएको सञ्चारमाध्यमले बताएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विद्यालयमा पढने अर्का एक १५ वर्षिय विद्यार्थीले गोली चलाएका प्रहरीले जनाएको छ ।

घटना लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । सो घटना पछि कक्षाहरु बन्द गरिएका छन् । घटनामा संलग्न व्यक्तिले प्रतिक्रिया दिन अस्विकार गरिरहेको बताइएको छ ।

सेमी अटोमेटीक ह्याण्ड गनले १५/२० राउण्ड गोली प्रहार गरेका प्रहरीले बताएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.