भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

ग्याङ फाइट गर्न हतियारसहित हिँडेको १५ जनाको समूह मोरङ प्रहरीको नियन्त्रणमा

ग्याङ फाइट गर्न हतियारसहित हिँडेको १५ जनाको समूह मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले ग्याङ फाइट गर्न भन्दै हिँडेका युवा समूहलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई विराटनगर ९ घोघापुल चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कटहरी ४ का १८ वर्षीय शेषकवि अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जना रहेका छन्।

१५ जनाको समूहलाई मोरङ प्रहरीले (शुक्रबार) दिउँसो तरबारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्याङ फाइट गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएकाले ठूलो घटना हुनबाट टरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य १२ जना नाबालक रहेकोले प्रहरीले अन्यको नाम गोप्य राखेको छ। पक्राउ परेका अलिको साथबाट प्रहरीले तरवाल फेला पारेको छ। भने, उनीहरूको साथबाट प्रहरीले खुँडा, लाडी र नखल लगायतका हातहतियार बरामद गरेको छ।

पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए। युवतीको विषयलाई लिएर ग्याङ फाइट गर्न हिँडेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने मोरङ र सुनसरीका रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.