भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिन्दै

ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिन्दै

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात लाभांश वितरण गर्ने जनाएको हो ।

बैंकले आर्थिक वर्ष २०७८ र ७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) वितरण गर्ने जनाएको हो ।

चुक्ता पूँजी कूल २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण बैंकले जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.