भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

घट्ने भयो माघदेखि बैंकको ब्याजदर

घट्ने भयो माघदेखि बैंकको ब्याजदर

काठमाडौं । आगामी माघदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन् ।
नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएलगत्तै बुधबार साँझ बसेको बैठकले अहिले दिईदै आएको ब्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका छन् ।

वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्ने छ । यस्तै संस्थागत मुद्दती खातामा दिइएको १० दशमलव १३ प्रतिशतको ब्याजदर अब ९ प्रतिशत कायम हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.