भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

घरको छतमा आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने आमा–बुवा पक्राउ

घरको छतमा आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने आमा–बुवा पक्राउ

रुपन्देही । गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेका छन् ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । हत्याको यर्थाथ कारण खुल्न नसकेपनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको थापाको भनाइ छ ।

२६ गते १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महत नेतृत्वको टोली गैडहवामा गएर घटनास्थलको सुक्ष्म अबलोकन ग¥यो । निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएपछि प्रहरीले थप अनुसन्धान ग¥यो ।

मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटियो । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा समेत रगत लागेको अवस्थामा प्रहरीले फेला प¥यो ।

बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म अनुसन्धान गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए । श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.