भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

देशभरका मल डिपो रित्तिँदै, किसानहरू समस्यामा

देशभरका मल डिपो रित्तिँदै, किसानहरू समस्यामा

काठमाडौं । देशभर रासायनिक मलको अभाव भएको छ । मलको हाहाकार भएपछि कृषि तथा पशुपन्छी मन्त्रालय र अन्य मातहतका निकाय छटपटिएका छन् ।

कृषि मन्त्रालयले मातहतका विभिन्न नयाँ पुराना ठेकेदारलगायतलाई बोलाएर छलफल गरेको छ । मलका गोदामहरू रित्तिँदै गएपछि किसानले मल नपाउने अवस्था पुगेको भन्दै छलफल भएको हो ।

अक्टोबरका पहिलो दोस्रो हप्ता मात्र मल आउन सुरु हुने अधिकारीको भनाइ छ । धानमा युरिया मल हाल्ने बेला मल अभाव भएको छ । किसानले मल पाइरहेका छैनन् । सबैतिरको गोदाम खाली हुन थालेपछि स्थानीय बिक्री केन्द्रहरूले समेत मल लुकाउन थाल्दा थप हाहाकार भएको हो ।

 


Thali Mobile Pvt.Ltd.