घर गएकाहरु फर्किन थालेपछि राजधानीमा बढ्याे भीड

 घर गएकाहरु फर्किन थालेपछि राजधानीमा बढ्याे भीड

काठमाडौं । दशैँ मान्न घर गएकाहरु धमाधम फर्किन थालेपछि राजधानीमा भीडभाड बढेकाे छ । उपत्यका छोडेकाहरु फर्कन थालेपछि मुख्य नाकामा चाप बढ्न थालेको हाे । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा अधिक चाप बढेको छ ।

दशैँ बिदा सकिने भएकाले गाउँघर गएका फर्किन थालेका हुन् । विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

अष्टमीका दिन पाल्पामा जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । हिजो धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बस, मोटरसाइकल र कार ठोक्किँदा १६ जना घाइते भएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.